
काठमाडौं, ४ फागुन-
पोखरा रानीपौवामा कुसल गुरुङ वातावरण संरक्षण परिषद् सदस्यमा नियुक्त भएका छन् । सरकारले वातावरण संरक्षण परिषद्मा गुरुङसहित ७ जनालाई नियुक्त गरेको हो । गुरुङ एन्फा क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङका छोरा हुन् ।
वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार वातावरण ऐनको दफा १४ मा भएको व्यवस्था अनुसार परिषद्मा विशेषज्ञ सदस्य नियुक्त गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा २०६५ पछि विशेषज्ञ नियुक्त हुन सकेका थिएनन् ।
मन्त्रिपरिषद् बैठकले गुरुङसहित माधव कार्की, दिनेश भुजू, सिद्धार्थबज्र बज्रचार्य, रमेशप्रसाद भुसाल, निता सिंह र कृष्णबदन नकर्मीलाई परिषद्को विज्ञ सदस्यका रुपमा नियुक्त गरेको हो ।
सदस्यहरुको अवधि तीन वर्षको हुन्छ । पोखरा ११ रानीपौवामा कुशल गुरुङ एन्फा क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङका छोरा हुन् । राजधानी काठमाडौंसहित देशभरी वातावरणीय समस्याहरु उजागर भइरहेका बेला सरकारले समितिलाई सक्रिय गराउन खोजेको हो । समितिले वातावरण संरक्षण लगायतका विषयमा नीतिगत मार्गदर्शन र सल्लाह सुझावका साथै विभिन्न निकायबीच समन्वयको काम गर्नेछ ।
समितिको उपाध्यक्ष वातावरणमन्त्री हुन्छन् भने सदस्य सचिव वातावरण मन्त्रालयका सचिव हुने व्यवस्था छ । २० मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संसदको वातावरण समिति सभापति, मुख्य सचिवलगायत सदस्य हुन्छन् । संसदमा रहेका राजनीतिक दलका प्रतिनिधिसमेत समितिमा रहन्छन् ।
