
फागुन ४ गते-
डडेल्धुराको अमरगढीमा जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थमै मृत्यु भएको छ । अमरगढी नगरपालिका ३ मा से १ ज ८३३ नम्बरको जीप दुर्घटनामा परेको हो ।
डिएसपी जीवनबहादुर शाहीका अनुसार ज्यान गुमाउनेमा सबै पुरुष छन् । जीप सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी घाईते भएका ६ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
