
पोखरा, ४ फागुन-
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौरमा तालाबन्दी गरेको छ ।
स्ववियु चुनाव नजिकँदै गर्दा क्याम्पसमा अध्ययनरत ५३ जना विद्यार्थीले मतदान गर्ने अधिकारवाट वञ्चित गराएको विरोधमा नेविसंघले तालावन्दी गरेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । नेविसंघले एक विज्ञप्ती जारी गरी निर्वाचन कार्यलय र प्रशासन कार्यलयलमा तालाबन्दी गरेको जानकारी दिएको छ ।
विद्यार्थी नेता पवनवावु वास्तोला र समित केसीले समयमा स्ववियु चुनाव हुनु पर्ने र भोट हाल्ने अधिकारवाट कसैलाई वञ्चीत गराउन नपाइनेमा जोड दिएको नेविसंघ पश्चिमाञ्चल इन्जिनियरिङ्ग सभापती आदर्श लामीछानेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
