
पोखरा, ७ फागुन-
ओम डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट शाखाको उद्घाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।
शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने जानकारी दिईएको थियो ।
बैंकका सञ्चालक राजेन्द्र कुमार बाटाजुले स्वागत मन्तव्य दिएका थिए । भने नेपाल राष्ट्र बैंक पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेश बहादुर भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम बहादुर थापा तथा सेदीबगर आमा समूहकी अध्यक्ष सरिता सिग्देलले शुभकामना मन्तब्य दिएका थिए ।
बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।
