
लमजुङ, ७ फागुन
लमजुङ कलाकार संघको पहिलो साधरण सभा शनिबार काठमाडौं बसुन्धरामा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष सुवास कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा किरण बराल, प्रिया श्रेष्ठ, सचिवमा अन्जना पौडेल, सह–सचिवमा आश्रम गुरुङ, कोषाध्यक्षमा डेनि रेग्मि, सह–कोषाध्यक्षमा शिवराज गौतम, सदस्यहरुमा बिपिन मर्म, प्रकास बि.क, अप्सरा के.सि स्मृति, शान्ती सुनार, निता गुरुङ, टिका गुरुङ, कृष्ण थापा, सम्झना भण्डारी, सुरेष सिन्चुरी घमाल र रमेश परियार रहेका छन् ।
सभाकै अवसरमा बोल्दै गायक कृष्ण गुरुङले संघलाई कलाका सम्पुर्ण बिधामा एक भएर लाग्न सुझाव दिए । यस्तै, अध्यक्ष सुवास कुवँरले लमजुङ कलाकार संघले कला, साहित्य, संगीत मनोरञ्जन लगायतका क्षेत्रमा विशेष योगदान पुग्ने र लमजुङको पहिचान झल्कने गरी काम गरिरहेको जानकारी गराए ।
कार्यक्रमकै अवसरमा बोल्दै रबिन्द्र थापा, प्रदीप न्यौपाने, मोहन श्रेष्ठ लगायतले लमजुङे प्रतिभाहरुको खोजी गरी संघलाई कलाकारको साझा थलोको रुपमा बिकास गर्न सुझाव दिए ।
