निर्वाचनको अविलम्ब मिति घोषणा गर्न पोखरामा दवाव कार्यक्रम

Share:

फागुन ७ गते-
शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा पोखरामा संविधानको प्रभावकारी कार्यन्वयनका लागी तीनै तहको निर्वाचनको अविलम्ब मिति घोषणा गर्न सरकार, राजनितिक दललाई दबाव दिने उद्देश्यले पोखराको पृथ्वीचोकमा शनिवार एकघण्टा धर्ना कार्यक्रमको आयोजना गरिएको छ ।

संविधान कार्यन्वयनको गाम्भिर्यतालाई मध्यनजर गरी नागरिकहरूको पहलमा आम नागरिकको मतदानको अधिकार प्रत्याभूत गर्न, संविधानको सफल कार्यन्वयन गर्दै मुलुकलाई समृद्ध बनाउन सरकार र राजनितिक दललाई दबाब दिन धर्ना कार्यक्रमको आयोजना गरिएको शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष ढाकाराम पौडेलले जानकारी दिए ।

संविधानको कार्यन्वयन–अवधिक निर्वाचन, निर्वाचनका लागि नागरिक दबाव अभियान, संविधान कार्यान्वयनका लागि तीनै तहको मिति यथासिघ्र घोषणा गरियोस, हामी युवा हाम्रो भोट हाल्ने अधिकार खोई, जनताको खाद्य सम्प्रभुत्ता र खाद्य अधिकार, निर्वाचन नै हो पूर्वाधार लगायतका नारा लेखिएका प्लेकार्ड सहभागीहरूले बोकेका थिए ।

कार्यक्रममा तीनै तहको निर्वाचनको मिति तत्काल घोषणा गरियोस् भनि महिला मानव अधिकार रक्षक सञ्जालका कास्की अध्यक्ष जानकी शर्मा, जिल्ला बार कास्कीका अध्यक्ष सोम बहादुर श्रेष्ठ, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कमल अर्याल, पत्रकार श्याम कुँवर, मानव अधिकार एलाईन्सका कास्की अध्यक्ष रामचन्द्र पौडेल, मानव अधिकार निगरानी समुहका अध्यक्ष दुर्गा केसी, मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य तथा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, पत्रकार महासंघ केन्द्रीय सदस्य सचिव राम प्रसाद सुवेदी, बरिष्ठ मानव अधिकारर्मी टेकनाथ वराल, संजालका संयोजक ढाकाराम पौडेल लगायतले मन्तव्य व्यक्त गरे ।

वक्ताहरूले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आम नेपालीको समृद्धीको लागी सरकार र दलहरूले गम्भिर भएर सोच्नुपर्ने र तत्कालै तीनै तहको निर्वाचनको घोषणा गरी निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: