पूजाको प्रसाद खाएर निस्किएकी वृद्धा पोखराको आलुमाइलाचोकबाट चार दिनदेखि बेपत्ता

Share:

पोखरा, ९ फागुन-
पोखराको सिमलचौरबाट एकजना वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् ।

आलुमाइलाचोककी ६२ वर्षीया सोममाया खड्का शुक्रबारबाट बेपत्ता भएकी छिन् । साथीको घरमा लगाइएको पूजामा सरिकभएर प्रसाद ग्रहण गरी सोहि दिन अपराह्न ५ बजे घर जान भनेर हिँडेकी उनी आजसम्म सम्पर्कमा नआएको उनकी छोरी विद्या शाहीले जानकारी दिइन् ।

कालो वर्ण, पाँच फिट दुई इन्च उचाइ, कुर्ता सुरुवाल लगाएको र कानैभरि सुनको शिलमुन्द्री लगाएकी सोममायालाई आजसम्म नभेटाएपछि प्रहरीमा जाहेरी परेको जिप्रका, कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: