राप्रपाको अध्यक्ष चयनका लागि मतदान सुरु, अध्यक्षमा कमल थापा र प्रदीपविक्रम राणा

278
0
Share:

फागुन ९ गते-
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुँदैछ ।

थापा पार्टीका अध्यक्ष र राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । राणा डा. प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् । केन्द्रीय समितिका लागि ३ सय ६३ जनाको उम्मेद्वारी परेको छ । ३ हजारभन्दा बढी मतदाताले मत हाल्दैछन् ।

मतदान आज साँझसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: