आलुमाइला चोकबाट हराएकी महिला सकुशल भेटिइन्, कसैलाई नभनी आफन्तकोमा गएकी थिइन्

324
0
Share:

पोखरा,१० फागुन-
पोखराको सिमलचौरबाट हराएको भनिएकी एक जना वृद्धा महिला आइतबार सकुशल भेटिएकी छिन् ।

हराएको भनिएकी वृद्धा महिला सोममाया खड्का कसैलाई नभनी आफ्नो आफन्तकोमा गएको र हिजोमात्र घरमा आएको छोरा किरण शाईले जानकारी दिइन् ।

शुक्रबार अपारह्न ३ बजे सिमलचौरमा साथीको घरमा लगाएको पूजामा सरिक भएर प्रसाद ग्रहण गरि अपराह्न ५ बजे घर जान भनेर हिँडेको तर शनिबारसम्म सम्पर्कमा नआएपछि खोजी गरिदिन सूचना गरेका थियो ।

आलुमाइलाचोक निवासी वर्ष ६२ को कालो वर्ण, उचाई अन्दाजी ५ फिट २ ईन्च, कुर्था सुरुवाल लगाएको र कानै भरि सुनको शिल मुन्द्री लगाएको सोममाया खड्का नाम गरेको वृद्धा महिला हराएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: