मह भजन गाउँदै पेट मिचिमिची हँसाए मदनकृष्ण र हरिवंशले पोखरेलीलाई

Share:

पोखरा, १४ फागुन-
चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले पोखरेली दर्शकलाई हँसाए । शनिबार पोखरामा आयोजना गरिएको महजात्रा कार्यक्रममा श्रेष्ठ र आचार्यले पोखरेली दर्शकलाई पेटमिचिमिचि हसाएका हुन् ।

पोखरा सभागृहमा आयोजना गरिएको महजात्रा मह भजनबाट सुरु भएको थियो । श्रेष्ठ र आचार्यले भगवानले सुन्दर देश बनाएपनि एउटा राम्रो नेता दिन नसक्दा देश संकटमा परेको गीतका मार्फत ब्यक्त गदै कार्यक्रम सुरुवात भएको थियो ।

त्यसपछि नेवार बहादुर र बाहुन बहादुर प्रहसन प्रस्तुत गदै दर्शकलाई हँसाउदै जातजातीका नाममा देशलाई विभाजन गर्न नहुने सन्देश दिए । जातका नाममा राजनीति गर्न खोजिएको भन्दै सवै नेपाली सचेत हुनुपर्ने उनीहरुको प्रहशनको सन्देश थियो । जातीका नाममा गरिने राजनीतिको अन्त्य गदै सवै नेपाली वीचको सद्भाव कायम राख्नुपर्ने प्रहसनको सन्देश थियो ।

प्रहसनमा नरेन्द्र कंसकार र आचार्यका सुपुत्र मोहित आचार्य पनि सहभागी थिए । त्यस्तै श्रेष्ठ र आचार्यले महडनको फोटो स्टुडियो नामक प्रहसन प्रस्तुत गदै नेपालमा भैरहेको गुण्डागर्दी र डनबादको विरुद्धमा तिखो ब्यङग्य प्रस्तुत गरे । नेपालमा पेशा र बोर्ड एउटा देखाएरभित्र अकै धन्दा हुने गरेको विषयलाई प्रहन मार्फत प्रस्तुत गरिएको थियो ।

त्यस्तै हास्य प्रहशन बोड चेकपोष्ट प्रहशन गदै हास्यकलाकार किरण केसी, शिवहरी पौडेल र राजाराम पौडेलले दर्शकलाई हसाउनुका साथै सवै नेपाली एक हुनुपर्ने र नेताको भर पर्न नहुने सन्देशमुलक प्रहसन प्रर्दशन प्रस्तुत गरे । नेपाली नेताहरु देश र जनताप्रति जवाफदेही नभएको र प्रधानमन्त्री, मन्त्री बन्न छिमेकी देश जाने अवस्थाले नेपालको सिमा मिचिने गरेको र विदेशीले हेप्ने गरेको बताउदै नेपाली मन भएको नेता खोज्नुपर्ने सन्देश दिए ।

यस्तै कार्यक्रममा चर्चित गायिकका माण्डवी त्रिपाठीको गीतमा पोखरेली दर्शकले आनन्द लिए । उनले ढल्क्यो ढल्क्यो जोवन मेरो र ढोल बज्यो लगायतका गीत प्रस्तुत गरिन् । कार्यक्रमा रुविना अधिकारीले नृत्य प्रस्तुत गरिन् भने मदनकृष्ण श्रेष्ठका सुपुत्र यमन श्रेष्ठले खासखुस र कसका पालमा बोलको गीत प्रस्तुत गदै दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

वातावरण संरक्षण र पर्यावरणको विकासको सहयोगार्थ देशका विभिन्न १० ठाँउमा प्रर्दशन गरिने महजात्रा शनिबार पश्चिमाञ्चल होटल संघको संयोजनमा पोखराबाट सुरु भएको कलाकार राजाराम पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: