फुटपाथ ब्यापारीलाई दलालको हातमा पु¥याए संघर्ष ः सस्तो बजार

631
0
Share:

पोखरा, १५ फाल्गुन ।
पोखरा सस्तो बजारका व्यावसायीहरुले आफुहरुलाई फुटपाथबाट उठाएर दलालको हातमा सुम्पन खोजेको भन्दै आक्रोश पोखेका छन ।
उनिहरुले आज पोखरामा पत्रकार सम्मेलन गरि तत्कालिन ठेकेदार भरत गुरुङ् र बजार संचालक समितिका सचिव टंक खतिवडाले वेईमानी गरेको आरोप लगाएका छन् । पोखरालाई फुटपाथ मुक्त बनाउने अभियानमा आफुहरुले साथ दिएको स्मरण गर्दे बजारका संरक्षक शिब शनालले आफुहरुको ईमान्दारीतामा दलालहरुले प्रबेश गरेको भन्दै अबका दिनमा चुप लागेर नबस्ने बताए । खनालले आफ्नो बजारका बारेमा पछिल्लो समय आएका समाचारहरु प्रति दुख व्यक्त गरेका छन् ।
सचिव खतिवडाले ठेकेदार गुरुङसंग मिलि आर्थीक अनियमितता गरेको बजार संचालक समितिका संरक्षक शिव खनालले आरोप लगाए । २०६९ सालमा मासिक २ लाख ५० हजार भाडामा दिने गरि गरिएको सहमति विपरित सचिव खतिवडाले ठेकेदार गुरुङसंग मिलेर दलाली शैलीमा आफुले २ लाख पाउने गरि मासिक ८ लाख भाडा पुर्याएर व्यावसायीको ढाड सेक्ने काम गरेको बताए ।
विचौलियाहरुको लहडमा नेपाल वायुसेवा निगमले उक्त जग्गाका सम्बन्धमा गरिएको सम्झौता सकिनु अगावै २०७२ माघमा नियम विपरीत टेण्डर आह्वान गरेर व्यावसायीहरुलाई हतोत्साहित बनाउने काम गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर भुजेलले बताए । निगमको बोलपत्र अनुसार मासिक २४ लाख भाडा उठाउने गरि टेण्डर परेको र उक्त टेण्डरमा व्यावसायीहरुको तर्फबाट ४ वटा फर्महरु दर्ता भएको भन्ने मिडियामा आएको समाचार कपोलकल्पित रहेको अध्यक्ष भुजेलले सो अबसरमा जानकारी दिए ।
व्यावसायीहरुले उक्त टेण्डर प्रक्रिया प्रति नै असन्तुष्टि जनाउदै आपत्ति प्रकट गरेका छन् । मनोमानी ढंगले टेण्डरको आंतक मच्चाएर २ सय १७ जना साना स्वरोजगार व्यावसायीहरुको गाँस खोस्ने हर्कत गरिएको उनिहरुले आरोप लगाएका छन् ।नियम संगत तरिकाले फुटपाथ ब्यबशायिहरु संग गरिएको संझौता अनुसार ब्यबस्थित गर्न उनिहरुले नगरपालिका र संबन्धीत निकायहरु संग माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
Share: