रेम बिक
पोखरा, १६ फागुन । उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये एक गौरब पुन पहिलो चरणको ‘एलिमिनेसन राउण्ड’बाट बाहिरिएपछि सोमबार बिग आइकनमा उत्कृष्ट ९ प्रतिस्पर्धीले अघिल्लो चरणको लागि प्रतिस्पर्धा गरेका छन् । अर्चलबोटका गौरब निर्णायक र स्रोताको मतको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् ।
११ सय ५२ प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट १० सम्मको यात्रा तय गरेका गौरब यसअगाडिका बिग आइकनको सँस्करणहरुमा पनि सहभागी भएका थिए । अघिल्ला सँस्करणका बिग आइकनमा सहभागी भएपनि गौरबले उत्कृष्ट १० सम्मको यात्रा तय गरेको यो नै पहिलो पटक हो । उनी वर्षेनी आफुलाई सुधार्दै यहाँसम्म आईपुगेको बिग आइकनको ईतिहासले देखाउँछ ।
‘मलाई दुख छैन । मैले यो मञ्चबाट धेरै कुरा सिक्ने मौका पाएको छु । उत्कृष्ट १० सम्म आउनु भनेको मैले जित्नु सरह नै हो ।’ बाहिरिने क्रममा गौरबले भने–‘मलाई यो मञ्चले साँगीतिक करिअर निर्माणका लागि ठुलो उर्जा प्रदान गरेको छ ।’ आगामी दिनमा पनि साँगीतिक क्षेत्रमै लागिरहने प्रतिबद्धता जनाउँदै गौरबले बाँकी सम्पूर्ण प्रतिस्पर्धीलाई शुभकामना दिए । साथै उनले आयोजक बिग एफएम र निर्णायकहरुलाई पनि धन्यबाद प्रकट गरे ।
प्रतियोगिताबाट बाहिरिँदै गर्दा निर्णायकहरुले पनि गौरबलाई सफल साँगीतिक जीवनको शुभकामना दिए । गौरब जसरी नै कहिल्यै प्रयास गर्न नछाड्न अन्य प्रतिभाहरुलाई निर्णायकहरुले सुझाव दिएका थिए । यो पटक बिग आइकनको निर्णायकमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा रहेका छन् ।
गौरब बाहिरएसँगै अब प्रतियोगितामा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । अघिल्लो चरण आगामी बुधबार हुने एफएमले जनाएको छ । र, सोहि दिन उत्कृष्ट ८ प्रतिस्पर्धी पनि छनौट हुनेछन् ।
जसअनुसार दिनेश बराललाई भोट गर्न मोबाइलको म्यासेज बक्समा BIG space DB, सलोमी गुरुङलाई भोट गर्न BIG space GS, सौजन्या तामाङलाई भोट गर्न BIG space ST, , यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG, प्रिया गुरुङलाई भोट गर्न BIG space PG र लक्ष्मण दर्जीलाई भोट गर्न BIG space LD टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
तस्वीर : निशद श्रेष्ठ/जक्शन डटकम
