बिग आइकन उत्कृष्ट १० का जेठो प्रतिस्पर्धी बाहिरिए, प्रतियोगितामा ७ जना बाँकी

Share:

रेम बिक
पोखरा, २० फागुन । उत्कृष्ट १० मध्ये सबैभन्दा जेठो प्रतिस्पर्धी  दिनेश बराल बिग आइकनको दौडबाट बाहिरिएका छन् । क्लासिकल शैलीका पुराना गीतहरु गाउँदै आएका बराल बाहिरिएसँगै शुक्रबार बिग आइकन अन्तरगत बाँकी ७ जना प्रतिस्पर्धीले अघिल्लो राउण्डका लागि प्रस्तुती दिए ।

सरकारी जागिरे समेत रहेका बराल विरौटामा बस्दै आएका छन् । संगीतप्रति निकै लगाव राख्ने बरालले बिग आइकनको यो मञ्चमा सहभागिता जनाएको यो पहिलोपटक हो । ३६ वर्षिय बराल अधिकृत सरहका कर्मचारी हुन् । ‘मलाई सुगम संगीतप्रति विशेष लगाव छ । म त्यस्तै खाले गीत सुन्न र गाउन चाहन्थे । त्यतिकैमा मैले बिग आइकनको मञ्च पाएँ । र, यहाँसम्म आईपुगेँ ।’ बाहिरिने क्रममा बरालले भने–‘पहिलो सहभागिता भएपनि यो मञ्च मेरो लागि विशेष रह्यो ।’

बिग आइकनमा सहभागी भैसकेपछि संगीतसम्बन्धि धेरै कुरा सिक्ने मौका पाएको बताउँदै आगामी दिनमा पनि संगीतमा केहि गर्ने लक्ष्य सहित आफु अगाडि बढेको बताए । उनले बिग एफएम र निर्णायकहरुलाई धन्यबाद दिनुका साथै आइकन बन्ने दौडमा बाँकी रहेका अन्य प्रतिस्पर्धीलाई शुभकामना समेत दिन भ्याए । यस अगाडिको चरणमा सलोमी गुरुङ प्रतियोगिताबाट बाहिरिएकी थिईन् ।

बराल बाहिरएसँगै अब प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् ।

उत्कृष्ट ७ प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुले एसएमएस भोटिङ समेत गर्न सक्ने एफएमले जनाएको छ ।  जसअनुसार सौजन्या तामाङलाई भोट गर्न BIG space ST, , यामबहादुर नेपालीलाई भोट गर्न YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG, प्रिया गुरुङलाई भोट गर्न BIG space PG र लक्ष्मण दर्जीलाई भोट गर्न BIG space LD टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज  बार,  विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर ः जक्शन डटकम

कमेन्ट गर्नुहोस्
Share: