
लेखनाथ २१, फागुन
विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको उच्च मुल्य कृषि विकास आयोजना सुर्खेतको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले स्वागत एवं छलफल कार्यक्रम आयोजना गर्यो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको सो स्वागत कार्यक्रममा भ्रमण टोलीनेता फोकल पर्सन हरीमदन अधिकारीले उच्च कृषि उपजको वजार सुचना, कृषि वजारको वजारीकरण, कृषि वस्तुको आयात निर्यात जिल्लाका कृषि नितीमा भएको समस्याका वारेमा पैरवी लगायत उच्च मुल्य कृषि विकास आयोजनाका परियोजना वारेमा जानकारी गराउनुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, संघद्धारा संचालन गरिएका कार्यक्रम, संघले कृषि क्षेत्रमा गरेका गतिविधीहरु, लगायतमा संघले खेलेको भुमिकाको वारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघकका केन्द्रिय सदस्य निरक केसी यस्ता प्रकारका भ्रमणले जिल्ला तथा नगर उद्योग वाणिज्य संघकहरु विचको सम्वन्ध प्रगाढ हुने र संघहरुले गरेका कार्यक्रमहरुवाट सिक्ने अवशर मिल्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा परियोजना संचालन भएका सात जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फवाट सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले कार्यक्रमले स्थानिय उत्पादनलाई प्रशोधन गरि उच्च मूल्य विकास गरि वजारीकरणमा सहयोग पुगेको वताउनुभएको थियो ।
कार्यक्रममा पश्चिमाञ्चल उद्योग वाणिज्य संघका संयोजक संन्जीव वहादुर कोईराला, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा, जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमान वहादूर खड्का, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदक्त रावल, सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष सूधन श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावूराम गिरी, दैलेख उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष यामवहादूर मल्ल, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतूराखर अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सूमन भट्टराई, कालिकोट उद्योग वाणिज्य संघका सचिव रंगलाल देवकोटा, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्य, परियोजना तथा संघका कर्मचारीहरुले छलफलमा सक्रिय सहभागिता रहेको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नु भएको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
