आज अन्तर्राष्ट्रिय महिला दिवस, पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

310
0
Share:

पोखरा, २५ फागुन-
एकसय सातौं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज पोखरामा केही स्थानीय संस्था र व्यक्ति सम्मानित भएका छन् ।

महिलाको सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कोपिला नेपाल, ज्योति महिला विकास तथा बचत सहकारी संस्था, सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था र व्यक्तितर्फ दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राधा कुँवरलाई सम्मान गरिएको हो ।

“महिला सम्मानको आधार, सीपयुक्त हात” मूलनाराका साथ १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला सांसदद्वय शारदा पौडेल र सीता गिरी ओलीले सम्मान गरे ।

मूलसमारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय पौडेल र गिरी, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तारा अधिकारी लगायतले महिला अधिकारका विविध विषयमा चर्चा गरेका थिए ।

यसअघि पोखराको सिर्जनाचोकबाट सुरु भएको ¥याली रत्नचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: