आलु महोत्सवमा पनि सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना

328
0
Share:

कास्की, २६ फागुन –
कास्कीको हेम्जामा भइरहेको आलु महोत्सवमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन स्टल राखिएको छ ।

महोत्सवका अवलोकनकर्ता मार्फत वैदेशिक रोजगारीका सूचना गाउँगाउँमा पुर्याउने उद्देश्यले स्टल राखिएको आयोजक जागरण अभियान नेपाल, हेम्जाले जनाएको छ । ३० गतेसम्म चल्ने महोत्सवमा आउने अवलोकनकर्ता चासो दिएर जानकारी लिइरहेको हेम्जाका रिटर्नी भोलेन्टियर भीम त्रिपाठीले बताउनुभयो ।

स्टलबाट विदेश जानुअघि लिनुपर्ने सूचना, ख्याल गर्नुपर्ने कुरा, सिक्नु पर्ने सीप अनि सीप सिक्न पाइने ठाउँका बारेमा पनि जानकारी दिइने त्रिपाठीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: