आजदेखि देशभरीका सम्पूर्ण गाविस विघटन, अब गाउँपालिका र नगरपालिका

293
0
Share:

फागुन २७ गते-
आजदेखि देशभरीका सम्पूर्ण गाविस विघटन भएका छन् ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना भंग भएको घोषणा गरेका हुन् ।

आजैदेखि राजपत्रमा प्रकाशित भएको ७४४ वटा स्थानीय तहको संरचना कार्यान्वयनमा आएका छन् । अब गाविसमार्फत् हुने सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् भने यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।

यसअघि २०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: