भारतीय हस्तक्षेपको विरोधमा पोखरामा विरोध प्रदर्शन

437
0
Share:

पोखरा, २८ फागुन-
भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले कन्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतमको हत्या गरेको विरोधमा शुक्रबार​ पोखरामा र्याली निकालिएको छ ।बिहीबार कन्चनपुरको पुनर्वास नगरपालिकामा कल्भर्ट बनाउने विषयमा भारतिय र नेपाली पक्षबीच बिवाद हुदा एसएसबीले चलाएको गोली लागेर गौतमको मृत्यु भएपछि भारतिय हस्तक्षेपको विरुद्धमा भारतिय हस्तक्षेप विरुद्ध संघर्ष समिती पोखराले विरोध ¥याली सहित कोणसभाको आयोजना गरेको हो ।

नेकपा एमाले, मोहन वैद्य निकटको नेकपा माओवादी (क्रान्तिकारी), नेकपा माओवादी (विप्लव) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा ¥याली निकाली कोण सभा गरेका हुन ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भारतिय सुरक्षकर्मीले दिन दहाडै नेपाली भुमिमा नेपाली जनतालाई गोली हान्दा पनि सरकार मुखदर्शक बनिरहेको वताउदै त्यसको विरुद्धमा सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्ने वताए । वर्तमान सरकार भारत संग लम्पसार परिरहेको वताउदै यस्तै अवस्था आएमा यो सरकार धेरै दिन नटिक्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शंकर बराल, नेकपा माओवादी क्रान्तिकारीका केन्द्रिय सदस्य नारायण हरि अधिकारी र नेकपा माओवादी विप्लवका कास्की जिल्ला सेक्रेटरी पूर्णजित पुन लगायतले भारतिय ठाडो हस्तक्षेपको विरोध गर्दै नेपाल सरकारले आफ्नो नागरिक मारिदा पनि कुटनीतिक पहल नगर्नु दुखद रहेको वताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: