
चैत २ गते-
बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि खेलाडी छनौट भएका छन् । आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका हुन् ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएका छन् । उनको ठाउँमा कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्दैछन् ।
