
चैत ३ गते-
नेपाली कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको निधन भएको छ । ढुंगेल काठमाडौं डिल्लीबजारस्थित उनकै डेरामा गएरात मृत अवस्थामा भेटिएका हन् ।
बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो । अविवाहित ढुंगेल अस्वस्थ महसुस भएको भन्दै राती नै हिमाल अस्पताल पुगेर ग्यास्टिकको सामान्य औषधि लिएर फर्किएपछि कोठामा सुतेका थिए ।
उनलाई आज बिहान मात्रै मृत अवस्थामा भेटिएको हो । ढुंगेलको शव पोस्टमार्टमका लागि अस्पताल पठाईंदैछ । २०५६ सालमा रामेछापेको क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री बनेका थिए ।
कमेन्ट गर्नुहोस्
