किङ्स इन्स्टिच्यूटलाई अष्ट्रेलियाको निम्तो

Share:

रेम बिक
पोखरा, ३ फागुन ।

पोखराको अग्रणी शैक्षिक परामर्श केन्द्र ‘किंग्स् इन्स्टिच्यूट’लाई अष्ट्रेलियाको ‘क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूट’ ले भ्रमण तथा छलफलको लागि निम्तो दिएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको ब्रिसबेन शहरस्थित यो कलेजले पोखरामा रहेर शैक्षिक परामर्श दिँदै आएको किङ्स इन्स्टिच्यूटलाई ‘विशेष महत्व’ दिएर भ्रमणको निम्तो दिएको हो ।

कलेजको निम्तो स्विकार्दै किंग्स् इन्स्टिच्यूटका संचालक महेश भण्डारी त्यसतर्फ प्रस्थान गर्दैछन् । अष्ट्रेलियामा रहेको सो कलेजको भ्रमणसँगै त्यहाँका विद्यार्थी, संचालक, कर्मचारीहरुसँग उनले भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । किंग्स् इन्स्टिच्यूटका संचालक महेश भण्डारीको उपस्थितीमा कलेजले विशेष अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्दैछ । र, नेपालको तर्फबाट उनले कलेजमा हुने अन्तरक्रिया कार्यक्रममा विशेष सम्बोधन समेत गर्दैछन् ।

‘अध्ययन, अनुभव, कल्पनाशीलता र भ्रमण- यी ४ गुण एउटा करिअर काउन्सिलरसँग हुनु आवश्यक छ ।’ भ्रमणको बारेमा जानकारी दिँदै किंग्स् इन्स्टिच्यूटका संचालक महेश भण्डारीले भने–‘आँफूले काम गरिरहेको कलेज भिजिट गर्दा र आँफूले परामर्श दिएर अष्ट्रेलिया पढ्दै गरेका विद्धार्थी सम्बन्धित देशमा नै पुगेर भेट्दा काउन्सिलिङमा नयाँ अन्दाज मिल्छ ।’ अष्ट्रेलियाको शैक्षिक नीति र कलेजको पढाईको स्तरको बारेमा जान्न भ्रमण फलदायी हुने अपेक्षा उनले गरेका छन् ।

भण्डारीको भ्रमण १० दिनको हुनेछ । यो बीचमा अष्ट्रेलियाभन्दा अगाडि उनी शनिबार न्यूजिल्याण्ड पुग्नेछन् । किङ्सको तर्फबाट न्यूजिल्याण्ड गएका विद्यार्थीहरुको अवस्था बुझ्नका लागि उनी न्यूजिल्याण्ड जान लागेका हुन् । न्यूजिल्याण्डको अकल्याण्डमा उनले विशेष कार्यक्रमको आयोजना गरि नेपालबाट त्यहाँ पुगेका विद्यार्थीहरुसँग छलफल तथा साक्षात्कार गर्नेछन् ।

किंग्स् इन्स्टिच्यूटले करिब १६ वर्ष यता पोखरामा रहेर विद्यार्थीहरुलाई वैदेशिक शिक्षाको बारेमा परामर्श दिँदै आएको छ । किङ्सबाट परामर्श लिएका विद्यार्थीहरु अहिले अष्ट्रेलिया, न्यूजिल्याण्डसँगै अन्य मुलुकमा अध्ययन गरिरहेका छन् ।

केहि समय अगाडि मात्रै किंग्स् इन्स्टिच्यूटलाई अमेरिकाको भर्जिनिया इन्टरनेसनल यूनिभर्सिटीले नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श मध्ये एक रहेको भन्दै सूचीकृत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: