नगरपालिकाबाट आफुलाई छुट्याईएको भन्दै पर्वतको कुर्घाका ७ र ८ नम्वर वडाका वासिन्दाद्वारा निर्वाचन बहिष्कार गर्ने चेतावनी

Share:

पोखरा, चैत ४

पर्वत जिल्लाको दक्षिणी भेग कुर्घा गाविस अन्तरगतका वडा नं ७ दुक्तान र वडा नं ८ लामेका बासिन्दाहरु स्थानीय तह पुनर्संरचनाले गरेको नया संरचनाको विरोधमा आन्दोलनमा उत्रेका छन ।

नयाँ संरचना अन्तरगत कुर्घा गाविसका १,२,३,४,५,६ र ९ फलेबास नगरपालिकामा र ७ र ८ वडालार्इ छुटाएर महाशिला गाउँपालिका तिर गाभिएको भन्दै विरोध गरेका हुन । कुर्घा गाविसका अरु वडाको अधिकांश स्रोत साधन वडा ७ र ८ मा पर्ने हुदा प्रयोग भै आएका स्रोत साधानका कारण असुविधा पर्ने तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा जुनसुकै हालतमा कुर्घा गाविस फुटाउन नहुने बताएका छन।

सेवा प्रवाहको हिसाब तथा बजार निकटता पनि हामीलार्इ फलेबास नै पर्ने हुदा वडाबासिले चाहे अनुरुप फलेबास नगरपालिकामा नै समाबेश गर्नु पर्ने स्थानीय युवा मधु खनालले बताए । दुई वडावासीले जुनसुकै अवस्थामा पनि यी २ वडा कुर्घा गाबिस अन्तरगतको फलेवास नगरपालिका मै हुनुपर्ने जोड दिएका छन।

पटक—पटक जिल्लामै पुगेर ज्ञापान पत्र बुझाएको, विभिन्न आन्दोलन र विरोधका कार्यक्रम र डेलिगेसनको लागि राजधानी पुगेर ज्ञापन पत्र बुझाउदा पनि केही सुनुवाइ नभएकोले अब आन्दोलनको अर्को रूपमा निर्वाचन बहिष्कार समेत गर्ने स्थानीय अगुवा भिम प्रसाद गुरुङले चेतावनी दिए ।

आफुहरुलाई फलेवास नगरपालिकामै राख्नु पर्ने स्थानियवासीको माग रहेको र नेताले भोट बैकको लागि मात्र गाउँवासीहरुलाई प्रयोग गरेको भन्दै वडाबासिको उचित माग पुरा नभएकोले निर्वाचन वहिष्कारमा जानु परेको वडा नागारिक मन्चका अध्यक्ष यम बहादुर गुरुङ बताउँछन् ।

जनताको अधिकार स्थापना गर्न ल्याइएको राज्य पुनर्संरचनाले कुर्घा ७ र ८ को जनताको भावना समेट्न नसकेको स्थानीय युवा सुनिल थापको गुनासो छ ।  कुर्घा ७ र ८ लाई महाशिला गाउँपालिकामा हाल्नु कुनै पनि हालतमा वैज्ञानिक छैन भन्दै यसले स्थानीय जनताको बृहत्तर हित र सामाजिक न्याय कायम गर्न नसक्ने थापाको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: