
चैत ४ गते-
स्वेशमै रोजगारीको उपाय नभएपछि बैदेशिक रोजगारमा जानु हरेक नेपाली युवाहरुको अन्तिम बिकल्प बनेको छ । सुरक्षित बैदेशिक रोजगारका लागि हरेक क्षेत्रबाट पहल हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् । बैदेशिक रोजागरमा जादा सबै सुचना बुझेर मात्रै जानु पर्नेमा सरोकारवालाहरुले जोडदिएका छन् । बैदेशिक रोजगार ब्यवसायमा अनियमितता र ठगी बढ्दै र अब्यवस्थीत बन्दै गए पछि युवाहरुमा निरासा पनि बढ्दैगए पनि बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरुका लागि बाध्यता बन्दैगएको छ ।
यसै बिच बैदेशिक रोजगारीमा जाने युवाहरुका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ चापाकोटमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका सामाजिक बिकास अधिकृत अर्जुन न्यौपाले आफु दश बर्ष अगाडी कतार जाँदा कुनै पनि सुचना र जानकारी नलिई बिदेश गएको बताए । उनले भने त्यस बेलामा भन्दा अहिले सुचना वा जानकारी दिने सरकारी र गैरसरकारी निकायहरु धेरै भएको बताए । उनले भने नेपालीहरु अन्तराष्ट्रिय श्रमबजारमा जादा सिप र अनुभव लिएर गए मात्र राम्रो आम्दानी साथै दुःख पनि नपाउने बताए ।
सो अभिमुखी कार्यक्रमलाई सहजीकरण अधिबक्ता दुर्गा भण्डारीले बेदेशिक रोजगार ऐन २०६४ मा भएका ब्यवस्थाहरु, संबिधानले बैदेशिक रोजगारलाई ब्यवस्थीत र मर्यादित बनाउन सम्बोधन गरेको बताइन् । आप्रवासी कामदारका हक अधिकारका लागि बनेका अन्तर्राष्ट्रिय कानुन्हरु र बैदेशिक रोजगार अपराधमा हदम्याद, हकदैया, क्षेत्राधिकार र प्रमाण पु¥याउनु पर्ने महत्वपूर्ण भएकोले ब्यासायीले लिएको सेवाशुल्कको भरपाई लिनुपर्ने बताईन् । उनले सरोकारवाला निकाय बैरो बिभागको कार्यकुशलताको अभावले प्रमाण नपु¥याएको र गलत अभियोग लगाएका कारण सक्षम अदालतबाट समेत पिडीतले न्याय पाउनबाट बंचित रहेको अवस्था औंल्याईन् । अदालतले प्रमाणमा आधारित न्याय प्रदान गर्नुपर्ने भएकाले अभियोजन पक्षको कमिकमजोरी र निहीत स्वार्थका कारण बास्तबिक पीडित न्याय पाउनबाट बंचित रहेकोले पीडीतहरु सधै सचेत रहन आग्रग गरिन् ।
मानव अधिकारका लागि जनमञ्च पिपुलफोरम कास्कीको आयोजना र जिल्ला समन्वय समिति कास्कीको सहयोगमा बैदेशिक रोजगारमा जानेहरुका लागि न्यायमा पहुच पु¥याउने उद्देश्यले संचालन गरिएको सो कार्यक्रमका सहभागिहरुले राज्यले युवाहरुका लागि स्वदेश मै रोजगारीका अवसरहरु प्रदान गरिनुपर्ने, बैदेशिक रोजगार ब्यवसायलाई ब्यवस्थित गर्दै बैदेशिक रोजगार बिभागलाई पीडितमुखी बनाउनु पर्नेमा जोड दिएका थिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख पबित्रा गौतम अर्यालले बैदेशिक रोजगारमा जाने युवाहरुलाई सुचना र सीप सिकेर मात्रै जानु पर्ने बताईन् । आफु बिदेशमा ठगिएको प्रमाण सुरक्षित राखेमा क्षतिपूर्ति समेत पाईने बताइन ।
तालिम समापन समारोहमा पिपुल फोरम कास्कीका कानुनी सहायता अधिकृत अधिबक्ता भुवन पराजुली काफ्ले, एमाले चापाकोट, अध्यक्ष लोकनाथ पराजुली, नेपाली काग्रेस वडा इकाई समितिका सभापती दुर्गा बादुर घले,देउराली युवा क्लवका सन्तोस लामिछाने, महिला समुहका सपना परियार, पोलेमनपा वडा नं २३ का सहायक सचिव केशव बराल लगायतका बक्ताहरुले राजनीतिक अस्थिरताका कारण नागरिकहरु बिदेशिनु परेको बताए । कार्यक्रको अध्यक्षता पोलेमनपा वडा नं २३ का वडा सचिव शेरबहादुर कुँवरले गरेका थिए भने कार्यक्रमको संचालन पिपुल फोरम कास्कीका कानुनी सहायता अधिकृत दिपेन्द्र अर्यालले गरेका थिए । पिपुल्स फोरम नेपालले अहिले सम्म पीडितहरुलाई ३२ करोड ८८ लाख ७३ हजार ७ सय ११ रुपैयाँ क्षतिपूर्ति दिलाएको छ भने कास्कीमा पनि एउटा मुद्दा मध्यस्थता गरेको छ ।
