
पोखरा, ६ चैत-
नेपाली काँग्रेस कास्की निर्वाचत केन्द्रीत हुने भएको छ । आइतबारको बैठकले पाँच वटै स्थानीय तह केन्द्रीत भएर कार्यक्रम गर्ने निर्णय गरेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम गर्न क्षेत्र, नगर, वडा, गाउँ कार्य समिति, भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । बैठकले राज्य पुर्नसंरचनासँगै साविक ढिकुरपोखरी गाविस, पोखरा–२३, २४ र मादी गाउँपालिका अन्तर्गतका साविकका गाविसमा देखिएको असन्तुष्ठी सम्वोधन गर्न सम्वन्धित निकायसँग पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार पार्टीका संरचनामा पुर्नसंरचना गर्ने निर्णय गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी पदाधिकारी एवं सदस्यलाई बधाई दिदै निर्वाचनमा सहयोग गर्ने सवैप्रति धन्यवाद व्यत्त गरेको छ ।
