पछिल्लो नेपाली समाज र राजनीतिको कथा – निर्भय

Share:

पोखरा ८, चैत्र

आगामी शुक्रबार देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र निर्भयले पोखरामा पत्रकार सम्मेलन गरी फिल्मको बिषय र एजेण्डा खुलाएको छ ।

प्रचारप्रसारको लागी देशदौडाहामा रहेको चलचित्र समुहका सदस्यहरुले निर्भयका ब्यबसायिक पक्षहरुको समेत प्रक्षेपण गरे । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मधुसुधन भट्टराईले पछिल्लो नेपाली समाज र राजनीतीमाथी ब्यबसायिक चलचित्र निर्माण गरिएको बताए । “इमान्दार र निडर प्रहरी अधिकृतको वरीपरी चलचित्र घुमेको छ ।” निर्देशक भट्टराईले भने– “यो वास्तबिकतामा आधारीत ब्यबसायिक चलचित्र हो ।” यद्यपी भट्टराईले कुन घटना र कस्को जिवन माथी फिल्म बनेको हो भन्ने चाही अहिले खुलाउन नमिल्ने बताए ।

फिल्मकी अभिनेत्री निता ढुङ्गानाले निर्भयलाई मनोरञ्जनको प्याकेजको रुपमा ब्याख्या गरीन । प्रस्तुतिकरणमा सम्झौता नगरीएको बताउदै अभिनेत्री ढुङ्गानाले बजार लक्षीत चलचित्र बनेको बताइन । फिल्मका अभिनेता बिकास चापागाँई तथा निर्माता देवी प्रसाद पाण्डेले चलचित्र सफल हुने बिश्वास ब्यक्त गरे ।

चलचित्रमा निखिल उप्रेती, निता ढुङ्गाना, बिकास चापागाँई, शुशिल पोखरेल, प्रज्वल गिरी लगायतका कलाकारले अभिनय गरेका छन । यम थापाले लेखेको स्कृप्टमा रामशरण उप्रेतीको छाँयाङ्कन तथा ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको संगित रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: