चैत १४ गते पोखरा थियटरको शिलान्यास, लागत ५० लाख लाग्ने

Share:

पोखरा, १२ चैत-
पञ्चामृत नाट्य समुह पोखराको ब्यबस्थापनमा पोखरामा निमार्ण हुन लागेको पोखरा थियटर शिलान्यासको तयारी पुरा भएको छ । यही चैत १४ गते सोमबार बिश्व रंंगमञ्च दिबसको अबसर पारेर थियटरको शिलान्यास गर्न लगिएको हो । थियटरको कास्की जिल्लाबाट ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांंसदहरुले एकै साथ शिलान्यास गर्ने भएका छन् ।

थियटरको नेपाली कांंग्रेसकी सांसद सारदा पौडेल, नेकपा एमालेका सांसद तथा संंसद विकाश समितीका सभापती रबिन्द्र अधिकारी र नेकपा माओबादी केन्द्रकी सांसद तेज कुमारी पौडेलले एकै साथ शिलान्यास गर्ने पञ्चामृत नाट्य समुह तथा पोखरा थियटरका अध्यक्ष परिबर्तनले जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालीकाको गैह्रापाटन स्थित सवा एक रोपनी क्षेत्रफलको जग्गामा निमार्ण हुन लागेको थियटरको लागत ५० लाख लाग्ने भएको छ । निर्माण हुन लागेको सुबिधा सम्पन्न अत्याधुनिक थियटरबाट एकै साथ २०० जनाले नाटकको मज्जा लिन सक्ने छन् । थियटरमा १०० भन्दा बढी मोटरसाइकल र गाडीका लागी समेत पार्किङ स्थल निर्माण गरीने छ ।

थियटरलाई बहुउदेश्यीय हलको रुपमा पनि प्रयोग गर्न सकिने छ । थियटर साउनसम्ममा संंञ्चालनमा ल्याउने लक्ष्य राखिएको समुहका अध्यक्ष तथा थियटर निमार्ण समिती संयोजक परिबर्तनले जानकारी दिनुभयो । थियटरले नाटकलाई जिबन्त बनाउन महत्वपुर्ण भुमिका खेल्ने छ ।

थियटर निमार्ण पोख्रेली रंगमञ्चको बिकाशमा कोषेढुंगा साबित हुने र यसले पुराना नाट्यकर्मीलाई रंंगमञ्चमा फर्कन पुनः दबाब दिने परिबर्तनले बताउनुभयो । समुहले थियटर निमार्णसंगै छिटै नयाँ नाटक मञ्चन गर्ने भएको छ । थियटर शिलान्यासको अबसरमा पत्रकार राजाराम पौडेल र अग्रज रंगकर्मी हेमन्त हितौसीलाई सम्मान गरीने छ ।

पोखराको नाट्य क्षेत्रमा सक्रिय समुहले यस अघि नाटक पुलिस र प्यास, मौसम हराएको देश र नाटक एक रुपैयाँ सफलता पुर्बक मञ्चन गरी सकेको छ । पोखरा थियटरमा दिल प्रसाद गुरुङ, बिष्णु प्रसाद गौतम र परिबर्तनको संयुक्त लगानी रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: