
पोखरा, चैत्र, १५ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा न. ३० खुदिखोलामा रहेको २० रोपनी सार्बजनिक जग्गामा त्यहाँका किसानहरुले सामुहिक खेती गरेका छन ।
केही बर्ष देखि माफियाहरुले निजि सम्पती जस्तै गरि अतिक्रमण गरेको जग्गाको संरक्षण र माफीयाहरुको हातबाट फुस्काएर संरक्षण गर्नको लागि सामुहिक रुपमा खेति गरिएको किसान लोकनाथ पौडेलले जानकारी दिए । पहँुचको आधारमा हालसम्म एक ब्याक्तिले निजि जस्तै गरि उपभोग तथा लालपुर्जा बिना तमसुकको भरमा बिक्रि गर्न थालेपछि किसानहरुले हाल मकै खेति सुरु गरेको बताईएको छ । मकै पाके पछि अन्य सिजन अनुसारकोे खेति गरीने पनि उनिहरुले बताएका छन । हाल ६० जना किसानहरुले मिलेर मकै खेति गरेका हुन ।
सार्वजनिक सम्पतीको रक्षा तथा उपयोग गर्न लाग्दा एकल रुपममा प्रयोग गर्दे आएका ब्याक्तिले प्रहरी तथा प्रसासनलाई गलत सुचना दिई किसानहरु माथि प्रहरीले धरपकड गरेकोमा अखिल नेपाल किसान संघ, क्रान्तिकारीले भत्र्सना गरेको छ । । राज्यको सम्पती निजि प्रयोग र बिक्रि बितरण गर्ने काम रोक्न र बाँझो जग्गालाई सामुहिक हितमा प्रयोग गरेको बिषयलाई जग्गा कब्जाको संज्ञा दिएर किसानहरु माथि गरिएको ब्यबहार आफुहरुलाई चित्त नबुझेको किसना संघ,क्रान्तिकरीका कास्की जिल्ला अध्यक्ष पुष्प कार्कीले बताए । प्रहरीले पक्राउ गरेका ६ जना किसानलाई बास्तबिकता बुझेपछि केही घण्टामा नै बिनाशर्त रिहा गरेको बिषयलाई समेत गलत प्रचार गरिएको संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । खाली छोडिएको जग्गामा सामुहिक खेति गर्ने तथा संरक्षण गर्ने अभियान प्रशंशनिय रहेको जारी बिज्ञप्तीमा जनाईएको छ ।
