
चैत्र २२, पोखरा-
पोखराको नागढुङ्गा स्थित नेशनल क्रियशन एकेडेमीको आयोजनामा मंगलबार निःशुल्क दाँत तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । मंगलबार विद्यालय प्राङ्गणमा भएको शिविरमा ५ सय ५८ जनाले जाँच गराएका छन् ।
उक्त शिविरमा डक्टर्स क्लिनिक र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा मुख स्वास्थ्य तथा आँखा परिक्षण भएको विद्यालयका प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले जानकारी दिए । शिविरमा गिंजा तथा दन्त रोग विशेषज्ञ डा. नवराज लम्डारी र डा. सभी श्रेष्ठले स्वास्थ्य परिक्षण गरेका थिए ।
आँखा कमजोर भई चश्मा लगाउनुपर्ने विरामीलाई निःशुल्क चश्मा समेत उपलब्ध गराइएको थियो । विद्यालयले आफ्नों सामाजिक उत्तरदायित्व अन्र्तग हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्दै आएको प्राचार्य थापाले बताए ।
