काँहुखोला–भैंसै–थुमाकोडाँडा ग्रामिण सडकमा मनपरी भाडा असुल्दा यात्रु मर्कामा

Share:

पोखरा, २२ चैत
काँहुखोला–भैंसै–थुमाकोडाँडा ग्रामिण रुटमा चल्ने यात्रुवाहक वसमा मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । सवारी चालकले यात्रु वाहक वसमा मान्छे भन्दा वढी सामान राख्ने र आँफूखुसी भाडा असुल्ने गर्दा सो क्षेत्रका जना मारमा परेका हुन् ।

काहुँखोला –भैसे– थोमाकोडाडामा दैनिक चार भन्दा वढी यात्रुवाहक वस चल्दै आएका छन् । उक्त रुटमा समितले निश्चित भाडादर निर्धारण गरेको छ । तर वसका चालकहरुले त्यसलाई उल्लंघन गर्दा समेत सम्वन्धीत निकाय मौन रहने गरेका आरोप थानीयवासिले लगाउदै आएका छन् ।

सवारी नियम अनुसार पनी सार्वजनीक सवारी साधनमा यात्रु र यात्रुका सामान्य व्याग वाहेक वढी वोझ हुने अन्य सामान राख्न पाईदैन तर उक्त रुटमा चल्ने सवारीले भने मानीस वस्ने सीटमा समेत अप्ठेरो पर्नेगरी अन्य सामान वोक्दै आएका छन् ।

सार्वजनीक वसमा मान्छे भन्दा वढी सामान राख्ने अनी ढाड सेक्नेगरी सामानको भाडा असुल्दै आएपछि स्वयं यात्रुहरुनै त्यसको विरुद्धमा आवाज उठाउन थालेका छन् । समितिले निर्धारण गरेको भाडा दर अनुसार काँहुँखोलावाट भैसै सम्मको ६० रुपया र थुमाको डाडासम्म एक सय २० रुपया कायम गरेको छ । करिव १८ किलोमिटरको दुरी रहेको उक्त शडकमा प्रति केजी सामानको पोखरादेखी भैसे सम्म एक रुपया र थुमाकोडाडासम्म दुई रुपया निर्धारण गरेको छ ।

सामान्यतया जहाजमा समेत ३० किलो तौल सम्मको सामानको भाडा तिर्नुपर्दैन । तर आफ्नै घर आगनमा गुड्ने वसले भने काहुखोला देखी भैसेसम्मको करिव नौ किलोमिटर वाटोमा १५ केजी सामानको रु दुई सय रुपया भाडा तिर्नुपरेको स्थानीयवासि डम्वर विकले वताए ।

६ मिटर लामो दुई ईन्च गोलाई भएको सादा पाईपको दुई सय रुपया मागे । मैले किन यती धेरै भनेर राख्दा झगडा लिन खोज्यो । अनी दुई सय तिरेर समितिका अध्यक्षसँग कुरागरे तर कुनै सुनुवाई भएन, विकले भने ।

कमेन्ट गर्नुहोस्
Share: