बिग आइकन सुवासलाई ‘मिराइ’को सम्मान

Share:

रेम बिक
पोखरा, ३१ चैत । ‘मिराइ इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले सातौँ सँस्करणका बिग आइकन विजेता सुवास गुरुङलाई सम्मान गरेको छ । सुवासलाई कन्सल्टेन्सीले नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा विशेष समारोहकाबीच सम्मान गरेको हो ।

हाल काठमाण्डौमा रहेका सुवासलाई ‘मिराइ’ले बुके र खादासहित सम्मान गरेको थियो । सुवासलाई सम्मान गर्दै मिराइ एजुकेशन कन्सल्टेन्सीले उनको ‘साँगीतिक करिअरको उचाँई अझै बढ्दै जाओस्’ भनेर शुभकामना समेत दिएको थियो । ‘बिग आइकनसँग एशोसियट भएको हामी पहिलो पटक हो । यद्यपी हामी यो इभेन्टसँग निकै प्रफुल्लित छौँ ।’ मिराइका संचालक सुरेन्द्र बरालले भने–‘आगामी दिनमा पनि हामी सँधै निरन्तर यो इभेन्टसँग जोडिनेछौँ ।’

मिराइ यो पटक बिग आइकनमा ‘मेन स्पोन्सर’ एशोसियट भएको थियो । ‘हामी एशोसियट भएको इभेन्टको विजेतालाई अगाडि बढाउन हाम्रो साथ सदैव रहनेछ ।’ उनले भने–‘सुवासलाई आगामी दिनको सफलतामा साथ दिन हामी सँधै तत्पर छौँ ।’

सम्मानित भैसकेपछि सातौँ बिग आइकन सुवास गुरुङले मिराइलाई धन्यबाद दिए । ‘प्रतिभा जन्माउने अभियानमा मिराइले दिएको साथप्रति म पनि नतमस्तक छु । र, मिराइलाई धन्यबाद दिन चाहन्छु ।’ सुवासले भने । उनले आगामी दिनमा साँगीतिक क्षेत्रमा बिग आइकनको अस्तित्वलाई माथि ल्याउन हरबखत तल्लिन रहने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बिग एफएमका अध्यक्ष महेश भण्डारी पनि सहभागी थिए । उनले पनि मिराइलाई धन्यबाद ज्ञापन गर्दै सातौँ बिग आइकन सुवासलाई शुभकामना दिएका थिए ।
महेन्द्रपुल पोखरामा केन्द्रीय कार्यालय रहेको ‘मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी’ले जापान जान चाहने विद्यार्थीको लागि तयारी कक्षा दिने र परामर्श दिने काम गर्छ । यो संस्थाको नयाँ शाखा काठमाण्डौस्थित नयाँ बानेश्वरमा केहि समय अगाडि शुरु भएको हो । पोखरामा भने यो संस्थाले झण्डै आधा दशकदेखि सेवा दिँदै आएको छ ।

मिराइले प्लस टु पास गरेर जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श दिनुका साथै प्रोसेसिङ, भाषा तालिम दिनुसँगै त्यहाँ पुगिसकेपछि उनीहरुलाई आवश्यक होस्टेल व्यवस्थाको सुविधा समेत दिँदै आएको छ । हालसम्म मिराइको माध्यम हुँदै १ सय ५० जनाभन्दा बढि विद्यार्थीहरु अध्ययनका लागि जापान गईसकेका छन् । शाखा कार्यालय जापानमा पनि भएकोले विद्यार्थीहरुलाई मिराइले अरुभन्दा अझै धेरै सुविधा उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: