राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत,

Share:

काठमाडाैं, ४ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारी ५ दने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेकी छन्।

राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरिन।

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा भने भण्डारी आफैं त्रिभुवन विमानस्थलमा पुगेकी थिइन्। त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भण्डारीलाई स्वागत गरेका थिए।

सामाजिक सञ्चालमा राष्ट्रप्रमुखलाई हैसियत अनुसारको सम्मान प्रदान नभएकोमा भारतको चर्को आलोचना भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: