सितापुरीको रक्तदान सम्पन्न

Share:

पोखरा, बैशाख १७ ।
पो.ले १७ महतगौडामा रहेको सितापुरी युवा क्लवले आफ्नो स्थापना दिबसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।
महतगौडामा आयोजना गरिएको कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र कास्कीको प्राबिधिक सहयोगमा रक्तदान गरिएको थियो । रक्तदानको पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ट अधिकृत ओमराज पौडेलले पहिलो रक्तदाता हरिहर भण्डारीलाई क्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले आफुले प्रत्येक तिन महिनामा रक्तदान गर्ने गरेको जानकारी दिए । रगत दिँदा कमजोर भईन्छ भन्ने कुरा गलत भएको भन्दै उनले प्रत्येक तिन महिनामा रगतका सेलहरु मरेर जाने भएकाले रक्तदान गर्दा फाईदा हुने बताए । पोखरामा बुझेका रक्तदाता भएकाले नै रगत अभाव नहुने उनको भनाई थियो ।
कार्यक्रममा स्थानिय समाजसेवी श्याम प्रसाद शर्माले स्थानिय स्तरमा क्लवले यस्ता कार्यक्रमहरुको आयोेजना गर्नाले मानिसहरुमा नयाँ चेतना बृद्धि हुने बताए । अधिबक्ता बेदनाथ भण्डारीले रगत दान गरेर कसैको जिबन बचाउन सकीने भएकाले सबैलाई आफुलाई पायक परेको अबस्थामा हरेक तिन महिनामा रगत दान गर्न आग्रह गरे ।
पोखरा १७ मा खेल तथा स्थानिय पर्यटन बिकासका लागि सकृय रहेको सितापुरी युवा क्लवले अहिले महतगौडामा खेलमैदान र्निमाण गरिहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: