नयाँ शक्तिबाट ‘मामा’लाई निलम्वित

Share:

 

पोखरा, २६ बैशाख / नयाँ शक्ति पार्टी नेपालले कास्की जिल्ला अन्तर्गत पोखरालेखनाथ महानगर संयोजक जितबहादुर गुरुङ्ग ‘मामा’लाई पार्टीबाट निलम्वित गरेको छ । पार्टीको विधान विपरित कार्य गरेका कारण निलम्बन गरिएको प्रदेश नं. ४ को कार्यालयले विज्ञप्ती निकालेको हो ।
नयाँ शक्ति पार्टी प्रदेश नं. ४ को मंगलबार राती बसेको बैठकले निलम्वन गरेको निर्णय निकाल्दै विज्ञप्तीमा लेखिएको छ– ‘चलिरहेको चुनावी दौरानका क्रममा नयाँ शक्ति पार्टी नेपाल पोखरा लेखनाथ महानगर संयोजक जित ब. गुरुङ्गले निर्वाचनमा गठबन्धन उमेदवारलाई असहयोग गर्ने, कार्यकर्ता भड्काउने गतिविधिलाई प्रोत्साहन गर्ने र विरोधी पार्टीसँग अवाञ्छित साँठगाँठ गरी पार्टी एवं गठबन्धनका उम्मेदवारहरुको चुनावी कार्यक्रमलाई प्रत्यक्ष÷अप्रत्यक्ष तवरले प्रभाव पार्ने काममा संलग्न भएको पाइएकोले नयाँ शक्ति पार्टी नेपालको संगठनात्मक सिद्धान्त र अन्तरिम विधान २०७३ मा उल्लेख भए बमोजिम अनुशासन उल्लंघन गरेको देखिएको हुँदा निर्वाचन परिचालन निर्देशिका २०७४ अनुसार निजलाई पार्टीका सबै तहका जिम्मेवारीबाट तत्काल निलम्बन गरिएको ब्यहोरा पार्टीका सदस्य एवं शुभचिन्तकहरुमा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’ त्यस्तै निर्वाचन तथा पार्टी संगठन सम्बन्धिका सम्पूर्ण काम कार्यबाहीहरु पूर्ववत् रुपमा पार्टी विधान र नियम बमोजिम संचालनमा रहेको र यस सम्बन्धमा अन्य कुनै भ्रममा नपरी निर्वाचनका सबै कार्यक्रमहरुलाई पूवर्वत रुपमा अगाडि बढाउने कुरा प्रदेश ४ की संयोजक बलावती शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तर, मामाले पार्टी छाडेपछि नयाँ शक्तिले निलम्बन गरेको हो । मामाले पार्टी छाडेबारेको यो न्युज पढ्नुहोस् ।

http://www.fmbig.com/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AE%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE/

कमेन्ट गर्नुहोस्
Share: