गण्डकी मेडिकल कलेज पोखरामा फेरि सुत्केरीको मृत्युले तनाव (फोटो फिचर)

Share:

रञ्जन अधिकारी पोखरा, ३० वैशाख / पोखराको गण्डकी मेडिकल कलेजमा फेरि सुत्केरीको ज्यान गएको छ । शल्यक्रिया गरिएकी सुत्केरीको ज्यान गएपछि आज गण्डकी मेडिकल कलेज तनावग्रस्त बन्यो । अपरेशन गरेर छोरा जन्माएकी पोखरा लेखनाथ २६ निबासी सविता सुनारको ज्यान गएको हो ।

ठ्याक्कै तीन वर्ष अघि वैशाखमा कास्कीकोट गाबिस वडा नं ४ चिलिमडाडाकी बिष्णु रानामगर सहित शिशुको मृत्यु भएपछि त्यतिबेला अस्पतालले आफ्नो गल्ती सार्वजनिक रुपमै स्विकारेको थियो ।

यसपटक पनि गर्भवती महिलाको मृत्यु अस्पतालकै लापरबाहीको कारण भएको भन्दै आफन्तले विरोध गरेका छन् । विहीबार अस्पताल भर्ना भएकी १८ वर्षीया सुनारको शुक्रबार बिहान ९ बजे शल्यक्रिया गरी छोरा जन्माईएको थियो तर उनको शनिबार विहान ८ः३५ बजे मृत्यु भएको मृत्युप्रमाणपत्र अस्पतालले आफन्तलाई दिएका छन् ।

डा. दिपा न्यौपानेको टीमले उनको शल्यक्रिया गरेका थिए ।  २४ घण्टासम्म विरामीको अवस्थाबारे नभन्ने र अन्तिममा बचाउन सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएको मृतकका जेठाजु जिवन बिकले बताए । उनले आफूलाई डाक्टरले घरमै उपचार गरेको भए हुने, हामीले किन मार्ने ? तिमीहरुले नै मारेको भनेर मनपरी जवाफ दिएको उनको आरोप छ । आवाज १

मृतकका आफन्तहरुले २४ घण्टाबीचमा बेलाबेलामा बेहोस हुने गरैपछि अन्यत्र लैजानुपर्ने भए लैजाने भन्दा पनि अस्पतालले केहि नभनेको भन्दै यसमा अस्पताल अत्यन्त लापरबाही ढंगले प्रस्तुत भएको आरोप लगाए । आवाज २

यसबारे अस्पताल प्रशासनमा जाँदा ढोका सबै बन्द थियो ।पीडितहरुले प्रशासनमा तालाबन्दी गर्न गएका थिए तर प्रहरीले रोकेको छ । वार्ता प्रयास भएपनि प्रशासनले समय पनि नदिएको र भागेको पीडितका आफन्तले बताएका छन् ।

डाक्टरले भने मुटुको बिरामी भएको बताएको उनीहरुले जानकारी दिए तर अहिलेसम्म कुनै पनि शारीरिक खराबी नदेखिएको आफन्तको भनाई छ । मुटु बिरामी भए शल्यक्रिया किन गरेको ? भन्दै उनीहरुले प्रश्न तेर्साए ।

उनिहरुले दोषी चिकित्सकलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । अवस्था बिग्रन नदिन मध्यान्ह वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीको नेतृत्वमा टोली परिचालित थियो ।

कमेन्ट गर्नुहोस्
Share: