देशकै ठुलो महानगरमा एमालेको विजयी शुरुवात

Share:

बिग न्यूज
पोखरा, २ जेठ । देशकै ठुलो महानगर पोखरा लेखनाथमा नेकपा एमालले विजयी शुरुवात गरेको छ । महानगरको वडा नम्बर १ मा एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको छ ।

२ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी (च्वाईं) र सहारा प्रधान बिजयी भएका छन् ।

त्यस्तै वडा नम्बर एकको मतगणना भैरहँदा महानगरको मेयरमा पनि एमालेले अग्रता कायमै राखेको छ । त्यस्तै उपमेयर पदका लागि भएको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ ।
्र

कमेन्ट गर्नुहोस्
Share: