
बिग न्यूज
पोखरा, १० जेठ । स्थानिय निर्वाचनमा पोखरा–लेखनाथ महानगरको मेयर उपमेयरसँगै विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु छान्नका लागि जनताले खसालेको मत अन्तरगत जम्माजम्मी ७२ प्रतिशत मात्रै गनेर सकिएको छ ।
निर्वाचन आयोगले पोखराको मतगणनाको पछिल्लो जानकारी दिएको हो । मतगणनाअनुसार हालसम्म मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिईरहेको छ । काँग्रेस फराकिलो अन्तरसहित दोस्रो स्थानमा छ । तुलनात्मक हिसाबले यो महानगरमा माओबादी केन्द्र निकै कमजोर देखिएको मतपरिणामले देखाएको छ ।
यो महानगरमा कुल १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । त्यस मध्ये ९१ हजार ८ सय ३७ मतगणना भइसको छ । पोखराका २५ वटा वडाको निर्णय सार्वजनीक भईसेको छ । जसमा नेकपा एमालेले १६ वटा वडामा बिजयी हासिल गरेको छ भने ९ वटा वडामा काँग्रेसले आफ्नो वर्चश्व कायम राखेको छ ।
महानगर अन्तरगत अझै ८ वटा वडाको मतगणना गर्न बाँकी छ । अहिले पोखरा २६, २७, २८ र २९ को गणना सुरु भएको छ ।
