भरतपुरको मतगणना १७ गतेसम्मलाई स्थगित, आयोगले बनायो छानबिन समिति

324
0
Share:

जेष्ठ १५ / भरतपुर महानगरपालिकाको मतगणना १७ गतेसम्म मतगणना कार्य स्वत: रोकिने भएको छ । मतगणना प्रकरणबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार समिति गठन भएको हो । समितिले १७ गतेसम्ममा प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनका आधारमा आयोगले थप निर्णय गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: