
जेष्ठ १६ / हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरूङको घटनास्थलमै मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको यो सैनिक विमानकी सहचालक सेनानी अनिता आले र स्टेवार्ड पुर्ण बहादुर खड्का गम्भीर घाइते भएका छन् ।
कोल्टीस्थित सिता एयरलाइन्सका स्टेशन म्यानेजर मनराज थापाका अनुसार, गम्भीर घाइते कोपाइलट अनिता आले बोल्न नसक्ने अवस्थामा छिन भने पूर्णबहादुर खड्काको हात भाचिएको र टाउकोमा चोट लागेको छ । खड्का बोल्न सक्ने अवस्थामा छन् । उनीहरुलाई सीताकै विमानबाट नेपालगन्ज पुर्याइएको हो ।
यीमध्ये गोमा सिमकोट नपुगी नेपालगंजतर्फ फर्केको थियो भने सिता कोल्टीतर्फ डाइभर्ट भएको थियो । ‘उताको मौसम खराब भएपछि हाम्रो जहाजले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो, यस्मा मानसरोबरकालागी उडेका भारतीय तिर्थयात्री थिए, अहिले कोल्टीमा ओर्लिएका छन, उनीहरुलाई ल्याउने विमान मृतक र बिरामी बोकेर नेपालगंज फर्कियो,’ थापाले भने ।
उनका अनुसार, सिताले अवतरण गरेको २ मिनेटपछि सेनाको स्काईट्रक कोल्टी आइपुगेको थियो । ‘अवतरण गर्न लागेकाबेला यस्ले धावनमार्गको टचडाउन मार्क भन्दा धेरै माथी आएर मात्रै टेक्यो, आधा धावनमार्गमा पुगेर टेकेकाले यो धावनमार्गबाट बाहिर गहु खेतमा पुग्यो ’ थापाले भने । जहाजमा आगलागी भने भएन ।
उनका अनुसार सेनाको जहाजमा चामल र कुखुुराको मासु थियो । यी सामानसहितको कार्गो बोकेर यो विमान सुर्खेतबाट उडेको थियो ।
Source: Ekantipur.com

