
पोखरा, जेष्ठ १८। माधब पनेरु ।
सुसासन र भ्रष्टाचारमा शुन्य शहनशिलता अपनाउने उदघोष गरेका पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जि.सिले कार्यालयले सुचना लुकाउन आबस्यक नरहेको बताए ।
सामुदायिक सुचना समाज पोखराले बुझाएको पोखरामा सुचनाको हक कार्यान्वयनका लागि २० बुदे ध्यानाकर्षण पत्र बुझदै उनले मानविय कमजोरी सच्चाउने अबसर दिन सेवाग्राहीलाई अनुरोध पनि गरे । मानिस भएका कारण भुलवस हुने कमजोरी बाहेक अन्य कुरामा कार्यालयले सुचना लुकाउन कुनै आबस्यकता छैन । अब महानगरलाई सुचना समाज जस्ता सस्थाले निरन्तर खबरदारि र सचेत गराईरहन आबस्यक छ ः उनले भने । महानगरपालिकामा अब सुचना प्रणाली ब्यबस्थित गरीने उनले सो अबसरमा जानकारी दिए ।
सामुदायिक सुचना समाज पोखराका महासचिव राजेन्द्र शर्माले सुचनाको हक संबन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार काम गर्न , महानगरबासिलाई पारदर्शि सासन प्रणाली बिकास गरेको अनुभुत गराउन पनि सुचना प्रणाली ब्यबस्थित बनाउन आबस्यक रहेको बताए । सोही अनुसार महानगर प्रमुखलाई पहिलो पटक ध्यानाकर्षण पत्र बुझाईएको उनले जानकारी दिए । अब निरन्तर सुचनाको हकका लागि सामुदायिक सुचना समाजले बिभिन्न्न कार्यक्रमहरु गर्ने शर्माले बताए ।
कुनै पनि समाज कति बिकसित छ भन्ने कुरा त्यो समाजको सदस्यहरुले कति मात्रामा ज्ञान र सुचनाको उपयोग वा उपभोग गर्छन भन्ने कुराले जनाउने सामुदायिक सुचना समाज पोखराका अध्यक्ष दिपक आचार्यले बताए । मानव सभ्यता दु्रत गतिले सुचना समाज वा ज्ञानमा आधारित समाज तर्फ उन्मुख भैरहेपनि नेपालको शन्र्दभमा अझै धेरै कुराहरु गर्न बाँकी रहेको उनको भनाई थियो ।
