प्रधानमन्त्री देउवाले पहिलो निर्णय के गर्लान् ? ‘सदाचार नीति’ मा हस्ताक्षर गराउने तयारी

530
0
Share:

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयको रुपमा हस्ताक्षर गर्न तीन प्रस्ताव तयार भएको छ ।

स्रोतका अनुसार राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गराउन पहिलो प्रस्ताव तयार गरेको हो । प्रधानमन्त्री कार्यालयले यो प्रस्तावलाई निकै प्राथमिकताका साथ अघि सारिएको बताएको छ । स्रोतले भन्यो, ‘हामीले यो प्रस्तावलाई महत्व दिएका छौं, प्रधानमन्त्रीलाई वि्रफिङ भएपछि उहाँको इच्छा अनुसारको प्रस्तावमा हस्ताक्षर हुन्छ ।’

यस्तै त्यसको विकल्पमा अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ प्रस्ताव पनि तयार भएको छ । उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ । संघियता कार्यान्वयनका सन्दर्भमा उक्त प्रस्ताव अघि सारिएको हो ।

प्रधानमन्त्री देउवा उल्लेखित दुवै प्रस्तावमा राजी नभए भौतिक पूर्वाधार विकाससँग सम्वन्धित एउटा महत्वकांक्षी योजना पनि अघि सारेको स्रोतले जनाएको छ । सडक योजनासँग जोडिएको उक्त योजनाको नाम भने सार्वजनिक गरिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: