सुनसरीमा टुंगो लाग्यो काँग्रेसको उम्मेदवार

363
0
Share:

बिग न्यूज
सुनसरी, २५ जेठ ।नेपाली कांग्रेसले सुनसरीका स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको छ । नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिकाको मेयरमा रोहित प्रसाईंलाई उठाउने निर्णय गरेको छ ।

यसैगरी धरान उपमहानगरपालिकामा तिलक राईको नाम फाइनल भएको छ ।धरानमा उप–मेयरमा भने श्यामा रेग्मीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । यसैगरी सुनसरीको इनरुवामा नगरपालिकामा भने राजन मेहतालाई मेयरमा उठाउने निर्णय गरेको छ । इनरुवाको उप–मेयरमा भने जमुना पोखरेललाई उम्मेद्वार बनाउने भएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिकामा गौरी शंकर रौनियार मेयर र उप–मेयरमा कल्पना कार्कीको नाम टुङ्गो लागेको कंग्रेसले जनाएको छ । रामधनी नगरपालिकामा कांग्रेसले मेयरमा जयप्रकास चौधरी र उप–मेयरमा विजय कट्टुवाललाई उम्मेद्वार बनाउने भएको छ । यस्तै बराह नगरपालिकामा बाबुराम बिष्टलाई मेयर र उप–मेयरमा पूजा धामीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

यसैगरी गाउँपालिका तर्फपनि उम्मेद्वारको टुङ्गो लागेको छ । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादब र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उठाउने निर्णय भएको छ । बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुशीदेवी चौधरीको नाम टुङ्गो लागेको छ ।

यस्तै देवानगञ्ज गाउँपालिकाको अध्यगमा मा लालुप्रसाद मेहता, हरिनगरा गाँउपालिकामा अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझीम भगतको नाम टुङ्गो लागेको कांग्रेसले जनाएको छ । कोशी गाउँपालिकामा अयुब अन्सारी र अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: