तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग विज्ञान शिविर

Share:

बिग न्युज पोखरा, २५ जेठ / तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा पोखरामा योग विज्ञान शिविर भएको छ । विहीबार भएको वृहत शिविरमा पोखराका करिब पाँच सय जनाको सहभागिता रह्यो ।

भारतीय राजदुतावास र पतञ्जली योग पीठको आयोजनामा भएको शिविरमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, दुतावासका प्रथम सचिव रुबी शर्मा, पतञ्जली योग पीठका ट्रस्टी शालिग्राम सिंह, गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी विष्णुहरि गौतम, पतञ्जली योग समितिका केन्द्रिय सदस्य नरेन्द्र लालचन, समितिका अञ्चल प्रभारी दीपक सिग्देल, कास्कीका अध्यक्ष इन्द्र बहादुर गुरुङ, महिला समिति अध्यक्ष सतकुमारी शेरचन लगायतको उपस्थिति थियो ।

पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्र योग गुरुका रुपमा उपस्थित सो शिविर शुभारम्भ कार्यक्रमको सञ्चालन रश्मी भण्डारीले गरेकी थिईन् । भण्डारी योग प्रशिक्षिका तथा सेफ फिटनेश सेन्टरकी सञ्चालक समेत हुन् ।

कमेन्ट गर्नुहोस्
Share: