सुन्दरबजारका मेयर र उपमेयरको दाबा : ‘बालअधिकार संरक्षणमा जुट्छौँ’

Share:

श्यामशितल परियार
लमजुङ, २६ जेठ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र र उपमेयर ज्ञानु शाहले वालअधिकार संरक्षणका लागि सुन्दरबजार नगरपालिका हरदम जुटिरहने धारणा राखेका छन् ।

नगर बाल संरक्षण तथा संवद्र्धन समिति सुन्दरबजारको आयोजनामा लमजुङ क्याम्पसको सभाहलमा आयोजित बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले भने, ‘आजका बालबालिका भोलीका देशका कर्णाधार हुन्, उनीहरुको हकअधिकार घर, विद्यालय, समाजबाटै सुनिश्चित हुनुपर्छ, उनीहरुको हकअधिकार सुनिश्चित भएमा मात्रै भोली उनीहरुको र देशकै भविष्य राम्रो वन्छ, बालअधिकार संरक्षणमा हाम्रो टिम दत्तचित्त भएर लाग्ने छ ।’

यस्तै, सरोकारवालाहरुले बाल संरक्षण, बाल विकास, बाल सहभागिता र उनीहरुको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरिनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, नगर बाल संरक्षण तथा संवद्र्धन समिति सुन्दरबजारका अध्यक्ष सीताराम घिमिरेले बालमैत्री नगर निर्माणमा सबै जुट्नुको विकल्प नरहेको धारणा राखे ।

उनले स्थानीय तहले बालबालिकाको हकहितमा विनियोजन गरिएको वजेटको सही कार्यान्वयन भए÷नभएकोमा उचित निगरानी दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: