
बिग न्यूज
पोखरा, २६ जेठ । छोरा हृदयेन्द्र शाहको ब्रतबन्ध पछि कुल देवता लगायतका देवी देवताको मन्दिरहरुमा पूजा अर्चनामा लागिपरेकी पूर्व युवराज्ञी हिमानी शाह मुस्ताङतर्फ गएकी छन।
पूर्व युवराज्ञी हिमानी शाह स्याङजाको आलमदेवी मन्दिरको दर्शनार्थ गर्ने कार्यक्रम तय भएको थियो । यद्यपी उनी त्यसलाई थाँती राख्दै मुस्ताङतर्फ गएको उनी निकट स्रोतले जनाएको छ ।
पुर्व युवराज्ञी शाह नीजि सवारीमार्फत मुस्ताङ गएकी हुन् । निकट स्रोतका अनुसार पूर्व युवराज्ञी हिमानी शाहमा आन्तरिक समस्याका कारण पुजापाठ रोकि घुमघामका लागि मुस्ताङ गएको बताइएको छ।
पुर्व घोषित कार्यक्रम अनुसार शाह आलमदेवीको दर्शन पछी पोखरा तालबाराहीमन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको थियो।
कमेन्ट गर्नुहोस्
