पोखरामा ईजरायली फिल्म फेस्टीबल सुरु

Share:

पोखरा, असार १४ ।माधब पनेरु ।पोखरामा बुधबार देखि ईजराइली फिल्म फेष्टीबल सुरु भएको छ ।

तिन दिन सम्म चल्ने महोत्सवको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि।सि।ले उदघाटन गरे । ईजरायली दुतावासको आयोजनामा पोखरामा दोस्रो पटक आयोजना भएको महोत्सव काठमान्डौमा भने १० औ पटक भैसकेको छ । पोखराको ईजराईली रेष्टुरेन्ट ओआरटुकेमा आयोजना गरिएको महोत्सवको उदघाटन गर्दे मेयर जि।सिले ईजरायल र नेपाल बिचको संबन्ध बिस्तारको लागि महोत्सवले एउटा बाताबरण बनाउने बताए । दुई देशको सस्कार र सस्कृतिको आदानप्रदान गरेर पर्यटक प्रबृधनमा एकले अर्कोलाई सहायता गर्नेमा उनले बिस्वास ब्यक्त गरे । पोखराको हिमाल र ताल जस्तै निष्चल संबन्ध बनाउन पोखरेली तयार रहेको भन्दै उनले ईजरायली जनतालाई नेपालको भ्रमणमा र्निधक्क भएर आउन आग्रह गरे । दुई देश बिचको भाईचारा संबन्धको बिकास गरेर आगामी दिनमा यस्ता महोत्सव आयोजना गर्न आफुहरुको तर्फबाट पनि आस्यक सहयोग र समन्वय गर्न तयार रहेको उनको भनाई थियो ।

पछिल्लो समय नेपालमा ईजरायली पर्यटकको पनि बृद्धि हुन थालेको ओआरटुके का सञ्चालक पुनम चन्द्र गिरिले जानकारी दिए । बिषेशगरि ईजरायलीहरु ट्रेकिङ्गका लागि नेपाल आउने गरेको गिरिले बताए । २५ देखि ३० बर्ष उमेरका मानिसहरु आउने गर्छन , उनिहरु नेपालको प्राकृतिक मनोरम हेर्नका लागि आउछन , प्रोपाईटर गिरिले भने । महोत्सवमा ईजरायलको सस्कृति झल्कने ६ वटा फिल्म प्रर्दशन गरीनेछ ।

कमेन्ट गर्नुहोस्
Share: