
असार १८, पोखरा ,आस्था ।
पोखरा–लेखनाथ महानगरपालीका वडा नं ९ नयाँ बजार स्थित पोखरा सस्तो बजारमा बायूसेवा निगमले शनिबार विहान ४ः०० बजे ताला बन्दी गरको छ ।
बायुसेवा निगमका नाममा रहेको बजारको भाँडा नपाएको भन्दै निगमले गेटमा तालाबन्दी गरेको हो । बजारमा ब्यबशाय गर्दे आएका साना ब्यापारीहरुलाई ब्यबथित गर्ने भन्दै केही बर्ष अगाडी तत्कालिन पोखरा उप– महानगरपालिका कार्यलयको संयोजनमा उनिहरुलाई सो स्थानमा ब्यबस्थित गरिएको थियो । सडकमा ब्यापार गरेका साना ब्यापारीहरुलाई फुटपाथ ब्यापार हटाउने भन्दै प्रसासनले मध्येरातमा डोजर चलाएर हटाएको थियो ।
पछिल्लो समय बजार बसेको क्षेत्रमा निगमले खुल्ला टेन्डर गरेपछि ब्यापारीहरुले साबिक तिर्दे आएको भाँडादरमा तिनगुुणा बृद्धि हुने अबस्था आएपछि भाँडा तिरेका छनन् । उनिहरुले निगमलाई आफुहरुले सिधै भाँडा तिर्ने र बिचौलिया हटाईदिन माग गर्दे आएको बताएका छन । बजारका ब्यबस्थापन समीतीका अध्यक्ष केशब भुजेलले आफुहरुलाई बिना जानकारी गेटमा ताला लगायर सयौ ब्यबशायिहरुको रोजिरोटी खोसेको बताए । तरकारी फलफुल जस्ता सामानहरु एक दिन बन्दा हुँदा लाखौ घाटा पर्ने भएकोले आफुहरुले पटक पटक आग्रह गर्दा पनि हुकुमी शैलीमा प्रसासनको आडमा नागरीकको गरिखान पाउने अधिकार हनन गरेको उनको भनाई छ ।
एक बिज्ञप्ती जारी गर्दे अध्यक्ष भुजेलले यस्ता निन्दनिय हर्कत बन्द नभए ताला फोडेर सामान सडकमा ल्याउन आफुहरु बाद्य हुने उनले चेतावनी दिएका छन । फुटपाथ ब्यापारीलाई ब्यबस्थापन गर्ने भन्दै अहिले यता न उता बनाउने काम प्रसासनबाट भएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन ।
ब्यापारीहरुले पोखरा लेखनाथ महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन । उनिहरुले मेयरलाई ज्ञापन पत्र पनि पेश गरेको अध्यक्ष भुजेलले जानकारी दिए । उनिहरुले ध्यानाकर्षण पत्र बुझाउनु अघि ¥यालि समेत निकालेका थिए ।
