गुडिरहेको बाईकमाथि बिजुलीको तार खस्दा युवक गम्भिर घाईते

Share:

पोखरा, २६ साउन / पोखरामा गुड्दै गरेको मोटरसाइल माथि बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटरसाइकल माथि बिजुलीको तार खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा सवार पोखरा १७ बस्ने विष्णु बस्ताकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागे पछि उनको शरिरमा आगो बलेको थियो । उनले मणिपाल अस्पतालमा उपचार भइरहेको छ  । शरिरमा नराम्ररी पोलेको छ । करेन्ट प्रवाहपछि बेहोस भएका उनलाई नजिकै रहेका स्थानीय र पैदलयात्रुले उद्धार गरी अस्पताल पठाएका थिए ।

उनको बेहोसी अवस्थामा उपचार भईरहेको छ । कतिसम्म लापरबाही छ नागरिकको ज्यानमाथि ? भनेर सरोकारवालासँग नागरिकले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: