पोखरामा पनि मोटिफ ल्याङ्गवेज एण्ड एब्रोड स्टडिज

Share:

पोखरामा पनि मोटिफ ल्याङ्गवेज एण्ड एब्रोड स्टडिज् प्रालिले आफ्नो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा कार्यालय स्थापना गरी शाखा सञ्चालन गरेको हो ।

मोटिफ ११ वर्षदेखि काठमाण्डौको बानेश्वरमा सञ्चालित हुँदै आएको नेपालको उत्कृष्ट मध्येको एक शैक्षिक परामर्श संस्था हो, जसले अष्टेलिया,अमेरिका,बेलायत,न्यूजिल्याण्ड जस्ता देशहरुमा उच्च शिक्षा आर्जन गर्न जाने विद्यार्थीहरुलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

उक्त कम्पनीको पोखरा शाखा प्रकाश कर्माचार्य र मनिका कर्माचार्य को नेतृत्वमा सञ्चालन हुने जनाइएको छ । दुवै नेतृत्वकर्ता अमेरिकाको उत्कृष्ट विश्वविद्यालयबाट एम.बी.ए.डिग्री प्राप्त व्यक्तित्वहरु हुन् ।

पोखरामा पारदर्शी, विश्वसनीय जिम्मेवारीका साथ विभिन्न लोकप्रिय अंग्रेजीभाषी मुलुकहरुमा पढ्न जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श तथा भाषा शिक्षण, IELTS, TOEFL, SAT, GRE, GMAT, PTE का तालिम समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै, मोटिफले अष्टेलिया,अमेरिका,बेलायत,न्यूजिल्याण्डका उत्कृष्ट विश्वविद्यालय र कलेजहरुको अधिकार पूर्ण प्रतिनिधित्व गरिएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: