यातायात पत्रकारिता पुरस्कार यदुनाथ बञ्जरालाई 

Share:

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले प्रदान गर्दै आएको यातायात पत्रकारिता पुरस्कारबाट यस वर्ष यदुनाथ बञ्जारा सम्मानित भएका छन् ।

बञ्जरा झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । उनी सराङकोट साप्ताहिकका प्रकाशक सम्पादक पनि हुन् । प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देउप्रसाद गुरुङ, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बञ्जरालाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व बञ्जराले पुरस्कारले आफ्नो कामप्रति अझै जिम्मेवार बन्न खबरदारी गरेको अनुभव भएको सुनाए । पत्रकार बञ्जराले जीवनमा यो सहित दुई पुरस्कार प्राप्त गरेकोमा सिआईएस पत्रकारिता पछि व्यवसायिक रुपमा पाएको यो पहिलो पुरस्कार रहेको बताए ।

समितिले पोखराको पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्दै यातायातको क्षेत्रमा काम गर्दै आएको पत्रकारलाई प्रत्येक वर्ष संघको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ। गत वर्ष आदर्श समाज दैनिक, बिग एफएम, एभिन्युज टिभी तथा खेलदैनिक डटकम÷गोलनेपाल डटकममा कार्यरत रञ्जन अधिकारी सम्मानित भएका थिए । २०६५ देखि सुरु भएको सो पुरस्कारबाट यातायात पत्रकारिता पुरस्कारबाट यसअघि दीपेन्द्र श्रेष्ठ, रेडियो तरंग, उत्तम पण्डित, अन्नपूर्ण एफएम, सन्तोष अधिकारी, गोविन्द सुवेदी, सन्तोष पोखरेल, अर्जुन गिरी सम्मानित भईसकेका छन् ।

पोखरा बस व्यवसायी समितिले सो अवसरमा उत्कृष्ट चालक चन्द्रबहादुर सुब्बा र रामबहादुर मगर, उत्कृष्ट परिचालक तुलबहादुर सारु र अर्जुन जिसी, उत्कृष्ट कर्मचारी सञ्जय अधिकारी, दुर्घटना रहित सम्मानबाट बमबहादुर गुरुङ, एसईईमा उत्कृष्ट अंक ल्याउने व्यवसायी तथा मजदुरका छोराछोरी योलिना लामा लगायतलाई सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: