
पोखरा, भदौ २४, पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ मा रहेको लामातरा युवा क्लवको पहिलो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको वडा अध्यक्ष तिर्थराज अधिकारीले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै अधिकारीले वडा नं १७ लाई भ्रष्टाचारमुक्त वडा बनाउने धोषणा गरे । वडामा आफु आएपछि केही जग्गा माफियाहरुले सार्वजनिक जग्गा समेत दर्ता गर्ने प्रपञ्च रचेको सुचना आएको भन्दै उनले तिनिहरुको सपना पुरा नहुने बताए ।जनप्रतिनिधिहरु देशका बिभिन्न ठाऊमा बिबादित बन्दै गएको शन्र्दभमा उनले आफु सके राम्रो गर्ने र नसके नराम्रो नगर्ने सोचका साथ वडाबासि संगै भएको स्पष्ट पारे । कार्यक्रममा युवा संघ,नेपालका पश्चिमाञ्चल उपाध्यक्ष महेन्द्र गुरुङ्गले युवाहरुको लागि आबस्यक जुनसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताए । अहिलेको अबस्थामा युवाहरु नै देशको मुख्य खम्वा भएकाले स्वदेशमै केही गर्न बाताबरण मिलाउन जनप्रतिनिधिलाई उनले आग्रह गरे ।
सामुदायिक सुचना समाज , पोखराका अध्यक्ष दिपक आचार्यले भ्रष्टाचारको सुचना दिएर समुन्नत समाज र्निमाणमा सहयोग गर्न क्लवलाई अनुरोध गरे । पत्रकार माधब पनेरुले युवाहरुलाई भोट बैकको रुपमा राजनितिक दलहरुले प्रयोग मात्र गरिरहेकोले सामान्य कुरामा प्रभावित भएर होईन राजनितिक चेतनाको आधारमा समर्थन र बिरोध गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका वडा नं १७ का अध्यक्ष सुबाश ढुंगानाले क्लवलाई बिगतका दिनमा जस्तै अब पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए । राष्ट्रिय जनमोर्चा नेपालका वडा अध्यक्ष देवनाथ आचार्य, १७ नं वडाका वडा सदस्य बैकुण्ठ भण्डारी, लामातरा युवा क्लवका अध्यक्ष गगन घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा क्लवलाई बिभिन्न समयमा सहयोग पुरयाएका ब्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
